क्वान्टम विज्ञान, प्रविधि विकास र नेपाल
उन्नाईसौं स ताब्दिका दार्शनिक हेनरी डेभिड थोरोको एउटा भनाई या द आँउछ "मानिष आफ्ना औजारहरुको औजार भएको छ।" त्यो उन्नाईसौं सताब्दिको कुरा हो, आज एक्काईसौ ं सताब्दिमा मानिष औजारहरुको कस्तो औजार भएको होला त्यो आफै विचार गर्न सकिन्छ। थोरोको त्यहि 'औजार' शब्दको बिस्तारित रुप अहिलेको प्रविधि हो। प्रविधि विकासको गति सबै समय एकनास रहेको पाइदैन। पछिल्लो सय वर्षमा मात्र भएको प्रविधिको विकास हेर्ने हो भने यो सह्रशाब्दिकै प्रविधि विकास भन्दा धेरै हो। निश्चित समयको कालखण्डमा भएका महत्वपूर्ण आवि ष्का र वा अनवेषणले आउने पुस्ताको प्रविधि विकासको तह र गति लाई मापन गर्दछन्। न्युटन र आइन्सटाइनका सिद्धान्तहरुले ब्रमाण्ड को स्थिती र प्रकृतिको रहस्य पत्ता लगाउन सहयोग गरे। दे खिएको ब्रमाण्ड किन यस्तो छ र भविष्यमा यो कस्तो हुनेछ जस्ता जटिल प्रश्नको उत्तर दिन यि सिद्धान्त हरु महत्वपूर्ण छन । प्रविधि को विकासमा पनि यि सिद्धान्तहरुले केहि महत्वपूर्ण योगदान गरे तर प्रविधि विकास को कोशेढुङ्गाको रुपमा स्कटिस वैज्ञानिक जेम्स क्लार्क म्यक्सवेललको विधुतिय गति सम्वन्धि का सिद्धान्तहरु ल...